सिड्नी एयरपोर्टको नेपाल केन्द्रीत सहयोग अभियान,८ लाख डलर सहयोग

0
351

मेलबर्न । जाडोले विचल्ली भएका नेपालका भूकम्प पीडितहरुको सहयोगार्थ अष्ट्रेलियाको सिड्नी विमानस्थलले ८ लाख डलर सहयोग गरेको छ । भूकम्प पीडितहरुलाई जाडो मौसममा अझ बढी कष्ट भएको न्यूज आएपछि सिड्नी एयरपोर्टले आर्थिक सहयोग प्रदान गरेको हो ।

विमानस्थलले रोटरी मार्फत नेपालमा सहयोग गर्न लागेको हो । एयरपोर्टले नेपालमा भूकम्प पीडितहरुलाई जाडोबाट जोगाउन ८ लाख डलर हस्तान्तरण गरिएको हो । सिड्नी अन्तराष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा विमानस्थलका म्यानेजर क्यारी मार्थरले आठ हजार अस्ट्रेलियन डलरको चेक रोटरी क्लवका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा सिड्नीको दक्षिणमा रहेका रकडेल, कोग्रा र बोटनी बे रोटरी क्लवहरुका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै रोटरी क्लव अस्ट्रेलियामा अन्तराष्ट्रिय सहयोग कार्यक्रम हेर्दै आएकी जेनिश रिडले सहयोग रकम नेपालको

भुकम्प प्रभावित ५ गाउँमा दुई हजार थान कम्वल वितरण गर्न खर्च गरिने बताइन । कार्यक्रममा बोल्दै एयरपोर्ट म्यानेजर मार्थरले रोटरी क्लवहरुले गरिरहेको कामको प्रसंसा गरेकी थिइन । अष्ट्रेलियाका रोटरी क्लवहरुले संयुक्त रुपमा नेपालमा भुकम्प प्रभावितहरुका लागि एक हजार घर बनाउने घोषणा गरिसकेका छन् । सिड्नी एअरपोर्ट हुँदै अस्ट्रेलिया प्रवेश गर्ने र फर्कने यात्रुहरुले दिएको चन्दालाई विमानस्थलले नेपाली भूकम्प पीडितका निम्ति दिने निर्णय गरेको हो ।

रोटरी क्लव अफ रकडेलका अध्यक्ष राफाल क्यमवेलले सहयोग रकम अब केही समयका लागि नेपाल केन्द्रित हुने समेत बताए ।