युवा जति किन विदेश पलायन हुन् चाहन्छन ?

0
834

-मनोज पौडेल

युवा भनेको देसको मेरुदण्ड हो। कुनै पनि देस बिकास हुनलाई युवा जनशक्तिको मुख्य भुमिका रहन्छ। घाईते अनि पाको उमेरका बा अामालाई त आफ्ना बुढेसकालको शाहारा छोरा छोरीको आश लाग्छ भने जननीलाई पनि आफ्ना सन्तान प्रती आश लाग्नु स्वभाबिक हुन्छ जसले आफ्नो बालापन देखि पढनपाठन सम्पुर्ण तेहि माटोमा खर्चेका हुन्छन् एउटा सुनौलो भविश्यको अाशमा।

एउटा युवाले जसो तसो गरेर पढाई सक्छ अनि आफ्नो योग्यता अनुसारको ईलम गर्न खोज्छ तर उ आफ्नो योग्यता अनुरुपको काममा कति गल्ली धाउँछ,कतिलाई चाकरी गर्छ तर उ असफल हुन्छ र आफ्नो जिन्दगीदेखि हार मानेर अर्को बाटो अप्नाउँछ त्यो हो बिदेश पलायन।

हुनेखाने र सझम जो छन् उनीहरुको रोजाईमा पर्छ अमेरीका, लन्डन अनि अस्ट्रेलीया अनि निम्न बर्गीय र पढाईबाट हैरान भएकाहरुको रोजाईमा पर्छ खाडी मुलुक। गएको ५ बर्षमा मात्रै ३४ लाखभन्दा बढि नेपाली युवा बिदेस पलायन भयको एक सर्भेले बताएको छ जुन हृदयबिदारक र कारुणीक छ। किन युवाहरु बिदेस पलाएन भईरहेका छन्। यो बिषयमा नेपाल सरकारले धेरै वकालत त गर्छ, चर्का चर्का भाषण त गर्छ तर दिर्घकालीन रुपमा कसरि निर्मुल पार्न सकिन्छ त्यो तर्फ कहिलै पनि गम्भीर भएर सोच्न सकेन जसको फलस्वरुप उर्जाशील दक्ष जनसक्ती दिनमा दुई गुना रातमा चौगुना काठमान्डौको त्रिभुवन अन्तरास्ट्रीय बिमानबाट सप्तरङ्गी फुलको मालाको साथमा चाँडै फर्किने आशमा आँखा भरि आँशु पारेर बुडा बुडी आमा बाबालाई छोडेर परदेसीन बाध्य हुन्छन्।

जिवनपनि त्यस्तो सोचे जस्तो कहाँ सजिलो छ र बिदेशको। खाडी मुलुकको कथा आफ्नै छ। कुनै पनि देश जानु भन्दा अगाडी त्यहाँको बस्तु स्थीति, हावा पानी, सामाजिक अनि साँस्कृतिक रहनसहन, नियम कानुन जान्न एकदम जरुरी हुन्छ। कसैको लहैलहैमा वा बकम्फुसे गफको पछि नलागी इन्टर्नेटको दुनियाँमा आफैले अनुसन्धान गरेर बास्तबिकता के हो बुझेर आउँदा फलदाई हुन सक्छ। आफू भन्दा दिग्गज् जसलाई बास्तबिकता थाहा छ ती साथीहरू जसबाट उचित परामर्ष लिन सकिन्छ उनीहरुसँग राए सल्लाह लिएर चालेको कदमनै उचित हुन्छ।

बिधार्थी भीसामा आउँदै हुनुहुन्छ भने, आउनु भन्दा अगाडी कलेज वा विश्व बिधालयको बारेमा राम्रोसँग बुझेर आउँदा राम्रो हुन्छ। भीसा लगाउनु वा आउनु ठुलो कुरा होईन। यहाँ आई सकेपछि आईपर्ने बाधा अड्चन मुख्य हुन जान्छ। कलेजको चर्को फि तिर्ने कसरि,कस्तो काम गर्ने, काम पाउने सम्भावना के कति हुन्छ, बैधानीक रुपमा हप्ताको कति घन्टा काम गर्न पाईन्छ, बस्ने ठाउँ कस्तो छ, खानपिन र बसाईमा कति खर्च लाग्छ, यस्ता यावत बिषयको जानकार हुन जरुरी हुन्छ।यती मात्र नभएर तपाई पढ्न आउनु भएको बिसयको भविस्य के कति छ, पि.आरको सुचीमा छ कि छैन त्यो बुझ्न महत्वपुर्ण हुन्छ ता कि तपाईले गरेको खर्च भोली गएर पानीमा नजावस।

तपाई बिदेश जाँदै हुनु हुन्छ भने तपाईको स्वास्थ कस्तो छ त्यो बुझ्न एकदम जरुरी छ।तपाईकतिको स्वास्थ हुनुहुन्छ तेसले नि ठुलो असर पार्न सक्छ।कति साथीहरु आफ्नो स्वास्थको कारणले काम गर्न नसकेको मैले देखेको छु। घरको स्थीतिले या मायाँमा फसेका साथीहरू होम सिकले गरेर फर्केको पनि यदाकदा सुन्नमा आउँछ।आफूले सोचे जस्तो गर्न नसक्दा या भनौ साथीले यति कमाई सक्यो मैले केही गर्न सकेन भनेर प्रतिस्पर्दा गर्दा उदासिनता भएर डिप्रेसनको सिकार हुने पनि यदाकदा सुन्नमा आउँछ।

तेसैले नेपालमा बसेर सोचेको अनि सम्झेको जस्तो सजिलो छैन बिदेस, बाउ आमाको बुई चडेर घुर्की लगाई लगाई बाईक र स्कुटीमा घुमे जस्तो सजिलोपनि छैन बिदेस।जिन्दगीलाई नजिकबाट अनी स्वाभलम्बी बन्नलाई एकचोटी आउन पर्ने रहेछ बिदेस।