नेप्लीज युथ एसोसियसनको पहिलो कार्यकारी वैठक सम्पन्न

0
311

मेलबर्न । नेप्लीज युथ एसोसियसन,भिक्टोरियाको पहिलो कार्यकारिणी सभाको वैठक सम्पन्न भएको छ ।

तदर्थ समितिका अध्यक्ष श्रीकृष्ण सिलवालको सभापतित्वमा बसेको वैठकमा संस्थाको आगामी योजना,कार्यक्रम र कार्यदिशाबारे छलफल भएको थियो । त्यसक्रममा नेपाली समुदायको लागि अष्ट्रेलियामा रहेका नेपाली युवाहरुको दायित्व र भूमिका के हुन सक्छन् ? सामाजिक उत्तरदायित्वबोध गराएर युवाहरुलाई कुन कुन क्षेत्रमा कसरी परिचालन गर्न सकिन्छ ? भन्ने लगायतका विषयहरुमा समेत छलफल भएको थियो ।

यस्तै समुदायका लागि आवश्यक परेको बेला स्वस्फूर्त रुपमा स्वयम्सेवी भूमिका निर्वाह गर्न समन्वय गर्ने निर्णय संस्थाको पहिलो कार्यकारी सदस्यीय वैठकले गरेको छ ।

संस्थाको कार्यक्रम र भूमिकालाई अझै प्रभावकारी कसरी बनाउँन सकिन्छ ? भन्नेबारेमा समुदायका विज्ञहरुबाट सल्लाह र सुझाव पनि लिने वैठकले निर्णय गरेको छ ।