देश विग्रियो कम्यूनिष्टले तर काँग्रेस विग्रियो नेताले

0
1786

–लक्ष्मण गौतम ।

देशको सबै भन्दा ठूलो पार्टी हुँदाहुदै पनि न सरकारमा छ ? न राष्ट्रपति,न उपराष्ट्रपति, न सभामुख,न उपसभामुख नै पायो ? बर्षौदेखि भातृ संगठनहरुको चुनाव हुन नसकेर भातृ संगठनहरु नै लथालिङ अवस्थामा छन् । पार्टी ३–४ जनाको कोठे बैठकबाट चल्छ । पार्टी ६०–४० को भागबन्डामा चल्छ । पार्टी भित्र गुट अनि उपगुटको राजनीतिले जरो गाडेको छ । पार्टीमा युवाहरुलाई अवसर पनि छैन,सुरक्षा पनि छैन । पार्टी २०–३० बर्ष देखि उनै ८–१० जना थोत्रा बुढा नेताहरुको वरीपरी घुमी रहेको छ ।

बीपीको बिचार पुस्तकालयको कुनै कुनामा थन्किएको छ । देशको सबै भन्दा प्राजातान्त्रिक पार्टी तर पार्टी भित्र नै प्रजातन्त्र छैन । पार्टीलाई नेतृत्व र गति दिन नसकेका पंगुहरु नै फेरी आउदो महाधिबेसनमा सभापति पदमा उठछु भनेको सुन्दा हासोको हुरी नै आउछ । अनि फेरी देश र पार्टीको भविष्यप्रति पनि गम्भीर चिन्ता हुन्छ । यस्तो नेतृत्व बिहीन अवस्थामा भगवानको भरोसामा चलेको पार्टी पनि चुनावमा सबै भन्दा बढि भोट ल्याएर देशको पहिलो पार्टी बन्छ । यसैबाट पुष्टि हुन्छ नेपाली जनता अझै पनि नेपाली काँग्रेसलाई नै बिश्वास गर्छन् भन्ने कुरा । यदि काँग्रेसले सही नेतृत्व पाउने हो भने यो पार्टीले अर्को चुनावमा दुई तिहाई भन्दा बढी मत ल्याउने निश्चितप्राय नै छ ।

गरिव जनताको नारा भजाएर राजनीति गर्ने नेपालका कम्यूनिष्टहरु प्रति नेपाली जनताको बिश्वास नै छैन । राणा शासनताका गठन भएको काँग्रेस आज पनि एउटै छ भने कम्यूनिष्ट पार्टी पैसा र पदका लागि टुटफुट भएर ३० वटा भन्दा बढी छन् । कम्यूनिष्टको राजनीति जनताको झुपडीबाट सुरु हुन्छ र महलमा गएर सकिन्छ । गरिव जनताको नाउमा राजनीति गर्दागर्दै कम्यूनिष्ट नेता देशकै धनी ब्यक्ति बन्छ तर गरिव जनताको जीवनस्तरमा कुनै परिवर्तन नै आउदैन । आजका दिनमा विश्वमै कम्यूनिष्ट शासन भएको मुलुक १० वटा पनि छैनन भने यस्तो संसारबाटै लोप हुदै गैरहेको खोक्रो,झुटो सिद्धान्त भजाएर नेपाल बन्छ भन्नु दिउसै रात पार्नु जस्तै हो । कम्यूनिष्ट नीति भनेको गरिव जनताको नाउ भजाउ अनि नेता मोटाउ मात्र हो , जुन नेपालमा प्रमाणित नै भैसकेको अवस्था छ ।

२००७ साल , २०४६ साल , ६२–६३ सालमा भएका सबै परिवर्तनको नेतृत्व गर्ने पार्टी नेपाली काँग्रेस हो । २०४७ सालको र २०७२ सालको संबिधान जारी गर्ने पार्टी पनि नेपाली काँग्रेस नै हो । ६२–६३ पछि देशमा ४ वटा कम्यूनिष्ट सरकार बने तर अन्त्यमा संबिधान बनाउन नेपाली काँग्रेसकै सरकार चाहियो । तसर्थ नेपालमा काँग्रेसको बिकल्प छैन । संसारबाटै लोप भएको,पैसा र पावरको लागि टुटफुट भैरहने,झुटो खेति गरेर जनता चुस्ने कम्यूनिष्टले नेपालमा केहि गर्ने सक्ने सम्भावना नै छैन । तर यदि देश बनाउने हो भने काँग्रेसमा बीपीको बिचारलाई कार्यान्वयन गराउन सक्ने र पार्टीलाई एक ढिक्का बनाएर लैजान सक्ने सक्षम,सबल,जुजारु अनि भिजन र बिचार भएको, संसारको राजनीति बुझेको युवा नेतृत्वको आवश्यकता छ ।

–बुटवल,मणिग्राम ।