कविता : हर्के बाको सरकार – सफल पाण्डे

0
434

पोहोर साल पहिरोले
भाको खेत मासियो
पुगेन खान पाल्नलाई छोरा
भन्दै
छोरोनि
खाडी मा भासियो
यो साल फेरी
भूकम्प आयो
घर पनि नासियो ।

फाटेको पेन्ट
पातलो टेन्ट
उनको नया घर भाको छ
त्यही घर मुनि चुलोमा दाउरा ठोस्दै
भन्छन भाग्यले बचियो ।

केहिदिन त भोकै खुला खेतमा
सरे छन्
धेरै जना आफन्त पनि शोकमा परेछन्
के गर्ने गर्ने अन्योल थियो
केहि दिनपछि सहरका मुन्छे
गाउ झरेचन
राहत भन्दै पातलो टेन्ट

केही पोका वाइवाइ लिदै
फुटो नि खिचेचन ।

सरकार पनि १ महिनापछि
चाउ छाउ बोकेर आयो
ठुलो ठुलो गफ लगायो
भूकम्प पिडितको लिस्ट
मा खै कता कता
सहि छाप लगायो
आउछौ चाडै भनेर गाकों
सरकार खै कता हरायो ।

बर्खा लागो,गयो
आएन सरकार
दशैँ आयो,गयो आएन सरकार
तिहार पनि टेन्टमै गयो
आएन सरकार
अब त हिउद लाग्यो
हिमाल पनि जम्न थाल्यो
साई सूइ गर्दैन सरकार
खै किन आँखा खोल्दैन सरकार ।

अब चाई बूढालाई लाग्यो
सब कुरा बेकार
जाडो लागे यता
बूढालाई मनमा पिर पर्न थालेछ
कारण बनमा हिउ झर्न् थालेछ

अचेल घाम डुब्ने बित्तिक्कै
खुइय्य गर्दै टेन्ट भित्र छिर्छन-हर्के बा
परालको बिस्तरा पुरानो सीरक तान्दै
ढल्किन्चन हर्के बा
अछु कस्तो जाडो भो बाजे
कराउछ नाती
निर्दयी शीत गर्दैन माया
झर्छ झन उनमाथि ।

रातभर सिरक तानातान को
सानो लडाइले
आधि शरीर चिसो हुन्छ
त्यहि नाति लाई छातीमा टास्दै
भन्छन कोल्टो परेर सुत बुढी
जिउ गोडा सबलाई पुग्छ कि
सानो लडाई जितेझै बिहान
खुसि देखिन्छन हर्के बा..
त्यहि बिहान रेडियो बोल्यो
संसदले पुनर्निर्माण बिधयेक् पास् गर्यो
अब चै आउछ मेरो सरकार
बुढाले आस् गरे ।
चिन्ता नगर बूढी
सब ठीक हुन्छ
काप्दै कालो चिया बेस्सरी सुर्काए
हाम्रो फेरि नया घर बन्छ
नातिलाई फुर्काए ।

आउछ सरकार भन्दै कुरेको पनि
महिना दिन बितेछ ।
तर,
हिजो गाउभरि ठूलो
हल्ला भो

अघिल्लो रातको चिसोले
हर्के बा बितेछन्
कठै
उसको सरकार
उ सम्म नआउंदै
हो,हर्के बा बितेछन् ।।

-ब्रिस्बोन,अष्ट्रेलिया