कविता : मेरो देश डुब्न लाग्यो

0
548

-मनोज पौडेल

म ज्युनुको के अर्थ भो देशनै न रहे पछि
म हाँस्नुको के सार भो देशनै पिल्से पछि
कति लुट्छौ अर्धचेत आमालाई बेहोसीमा पनि
मर्ने मार्ने होडबाजीमा दाजुभाई लड्छौ कति।

म कसरि रमाउँ रगताम्य जिउ बिजाएर
म कसरि निदाउ शरिर भरि जन्जिर बिच्छ्यार
काट्नपाए काट्थे बैरी अचानोमा शीर तेर्साएर
शहिदले शान्ति पाउँथे होला शत्रु बैरी नासिएर

आखिरी पाउँछौ के,शेषनै नरहे पछि
तेरो मेरो के भन्छौ अनि आमा खोसिए पछि
के फुटानी लाउँछौ मधेसी पहाडी हिमाली
बुद्धीमा बिर्को लाको छैन भने भन वीर नेपाली

देश रहे पो हामी रहन्छौ देशै नरहे के
टिस्टा बेच्यौ काङ्गडा बेच्यौ बेच्नबाँकी नै छ के
स्वाभिमानीको ध्वजा अोड्छौ भन्छौ हाम्रो देश
सक्छौ बचाउ प्राण पखेरु उड्न आँटेको जननीको शेष।।