सहयोगी मनहरुलाई शेष घलेको ‘थ्यांक यू !’

0
475

न्यूसाउथवेल्स । वैशाख १२ गते गएको विनासकारी भूकम्पको चपेटामा परेका मुलुकबासीको सहयोगीहरुलाई एनआरएन अष्ट्रेलियाले  सम्मन गरेको छ ।

अष्ट्रेलियाको न्यू साउथवेल्समा आइतबार आयोजित एक भव्य कार्यक्रमकाबीच भूकम्प पीडितहरूलाई सहयोग गर्ने दाता, स्वयम्सेवक र शुभचिन्तकहरूलाई विशेष सम्मान गरिएको हो । एनआरएनका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले प्रवासमा रहेरपनि मुलुकको पीडामा अद्वितिय सहयोग पुर्याएको र राष्ट्रलाई आपद् विपद् पर्दा दिलोज्यान दिएको भन्दै सम्मानित हुनेहरूप्रति बधाई र धन्यवाद व्यक्त गर्नु भयो ।