

करेला प्रकृतिको वरदान हो । यो स्वास्थ्यको लागि पनि निकै फाईदाजनक मानिन्छ । तर हरेक कुराको फाईदासंगै बेफाईदापनि जोडिएको हुन्छ । करेला स्वास्थ्यको लागि जति फाईदाजनक मानिन्छ त्यतिनै हानिकारक पनि हुन सक्छ । डायबेटीज रोगिका लागि करेला खानको लागि सल्लाह दिईन्छ । तर यसको प्रयोगका लागि केहि साबधानी अपनाउनु आवश्यक छ । किनकी करेलाले शरीरमा नोक्शान पुर्याउन सक्छ । करेला कुन अवस्थामा खानु हानिकारक हुन्छ ? थाहा पाईराखौ ।
डायबिटीजका बिरामी :- डायबिटीजका बिरामीले धेरै मात्रामा करेलाको प्रयोग गरेमा यो हानिकारक हुनसक्छ । करेलाको अत्याधिक सेवनले ब्लड प्रेसर कम हुन सक्छ । त्यसैले यसको प्रयोग गर्नु अघि चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।
प्रेग्नेन्सी :- गर्भवती महिलाको लागि करेलाको धेरै प्रयोग गर्नु राम्रो मानिन्दैन । किनकी यसले गर्भावस्थामा शिशुलाई नोक्सान पुर्याउन सक्छ । साथै जुन महिला आमा बन्ने बारेमा सोच्दै हुनुहुन्छ भने करेला खानबाट टाडै रहनु राम्रो हुन्छ । किनकी यसको वियामा मेमोरचेरिन तत्व हुन्छ जसले प्रग्नेन्सीमा बाधक हुन्छ ।
लिवर :- अधिक मात्रामा करेलाको सेवनले लिवर इंफ्लेमेशनको कारण बन्न सक्छ । करेलाले डायरेक्टली लिवरलाई असर पुर्याउंदैन तर यसको अधिक सेवनले लिवर एंजाइम्स बढेदै जान्छ र धमनिमा असर पर्न जान्छ ।
बालवालिकाको लागि हानिकारक :- करेला बालबालिकालको लागि हानिकारक पनि हुन सक्छ । वास्तवमा करेलाको वियालाई कवर गर्ने रातो तत्व विषक्त हुन्छ जसले बालबालिकालाई उल्टि र डाइरिया जस्तो बिरामी बनाउन सक्छ ।