विदेशको दशैं परिवार टाढा साथीभाई नजिक

0
333

‘बडादसैं’ विजय उत्सवको चाड हो। असुर शक्तिमाथि दैविक शक्तिको जितका रुपमा मनाइने चाड हो। मीठो खाने, राम्रो लगाउने तथा ठूलाबडाबाट सुख र समृद्धिको आशीर्वाद लिने चाड हो। यो चाड परिवारिक पुनर्मिलन र एकताको चाड पनि हो। दसैंले देशविदेशमा बसोवास गर्ने लाखौं नेपालीलाई नेपाल, आफ्नो परिवार र समाजलाई सम्झाउने गर्छ। त्यसैले त दसैंमा देशविदेशमा रहेका नेपाली घर फर्किएर धुमधामका साथ दसै“ मनाउने गर्छन्। नेपाल फर्किन नसक्ने अवस्थामा उतै दसैं मनाउने गर्छन्। यसपाली अष्ट्रेलियामा नै रहेर दशैँ मनाउने तयारीमा रहेका गायक ईश्वर पोखरेल र म्युजिक भिडियो निर्देशक, सम्पादक एवं क्यामेरापर्सन  जीवन  रसाईली सँग यसपालिको दशैँ कसरी मनाउदै हुनुहुन्छ भनेर सोधेका थियौं | हिमालयन कंगारुसँगको कुराकानीमा आधारित उहाँहरुको भनाई यस्तो छ |

जीवन रसाईली ( म्युजिक भिडियो निर्देशक) 

jivan-rashaili

यसबर्षको दशैँ पनि साथीभाई संगै मनाउने तयारीमा छु | अष्ट्रेलियामा नै दशैँ मनाएको २ बर्ष भयो | परिकारमा मलाई मनपर्ने चाहिँ खीर हो | भेडाको मासु मनपर्छ सँगै सफ्ट ड्रिंक्स पिउन पाएँ भने झनै मज्जा |

धेरै समय टाढा रहेका परिवारजन अनि आफन्त भेट गराउने दशैँ मलाई निकै मनपर्छ | महान पर्व दशैंको अवसरमा मेरा सबै आफन्त परिवार र साथीभाईमा मिठो सम्झाना अनि शुभकामना दिन चाहन्छु |

गायक ईश्वर पोखरेल   

ishwor-pokharel

बडा दशैँ र दिपावलीको पावन अवसरमा देश विदेशमा रहनु भएका सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु | मैले गत बर्षको दशैँ परिवर संगै नेपालमा नै मनाएको थिएँ | त्यस अघिका ५ बर्ष मेरो दशैँ विदेशमा साथीभाई संगै सम्पन्न भयो |यस वर्षा भने हामी औपचारिक रुपमा दशैँ मनाउने छैनौ | दशैँमा मान्यजनबाट आशिर्वाद लिनु भेटघाट अनि बिभिन्न परिकार सँग रमाउन पाउनु नै  सकारात्मक पक्ष हो | हाम्रो परिवारमा दशैंमा वली दिने चलन छैन , त्यसैले शाकाहारी परिकार नै खाने गर्छौं | परिवारका सदस्यहरु जम्मा भइ संयुक्तरुपमा मनाउने परम्परागत प्रचलन कायम नै छ | दशैँ सधै सबैका लागि महत्वपूर्ण रहने गर्छ | विशेष गरि हामी जस्ता बिदेशमा रहने हरुका लागि परिवारबाट बाहिर रहेर संगै दशैँ मनाउन नपाउँदा अलि खल्लो अनुभव हुन्छ |

देवीदेवताका नाममा वली दिने प्रचलन सुधारिनु पर्छ भने लाग्छ | साथै चाडपर्व मनाउने नाममा जुवातास र मद्यपानको अधिक सेवनले कसैलाई पनि फाइदा गर्दैन | यो प्रचलन छोड्नु पर्छ | रमाइलो गर्न अरु थुप्रै क्रियाकलाप छन् जसले सबैलाई खुशी दिन्छ | हामीले  सिमितता भित्र रहेर मोजमज्जा गर्न सिक्नु पर्छ |

10711558_10203941187282474_205325287_n