वियरमा मस्तिष्कलाई फाइदा गर्ने तत्त्व भेटियो

0
328

वियर पिउँदा शरीरलाई फाइदा पुग्छ भन्ने थाहा पाउनु भयो भने तपाइँले अब कुनै पनि पार्टी छोड्नु हुने छैन | त्यो पनि दिमागलाई नै फाइदा पुग्छ भन्ने थाहा पाउनु त कसरि छोड्न सकिएला |

बैज्ञानिकहरुले वियर माथि  गरेका एक अनुसन्धानमा जनाथोहयुमल नामक पदार्थ पाएका छन् जसले मतिस्कको स्मरण शक्ति बढाउन निकै मद्दत गर्दछ |  सानो मुसामा परिक्षाण  गरिएको उक्त अनुसन्धानमा जनाथोहयुमलको प्रभाब देखिएको थियो | तर उमेर धेरै भैसकेका बुढा मुसाहरुमा भने त्यस्तो प्रभाब देखिएन | वियरका बोतलमा   निकै थोरै मात्रामा मात्रै पाइने जनाथोहयुमल पदार्थ त्यो सानो मुसाका लागि जुटाउन समेत धेरै बोतल वियर खर्चिनु परेको थियो | बैज्ञानिक हरु भन्छन् ” त्यो सानो मुसालाई दिइएको  जनाथोहयुमल को मात्रा  आवस्यकता भन्दा बढी नै थियो |” त्यो मुसालाई दिईएको जनाथोहयुमलको मात्रा जम्मा गर्न  हामीले पिउने  गरेको साधारण वियरको २००० वटा बोतल आवस्यकता पर्छ | यसको मतलब २००० लिटर वियर प्रतिदिन पिए सरह हुन्छ | यो अनुसन्धान को निष्कर्ष यो होइन कि तपाइँ अब वियरका अरु धेरै बोतल रित्याउनुस् | बैज्ञानिकहरु भन्छन् , जनाथोहयुमल जस्तो फल्याभोन्वाइड पदार्थको थप अनुसन्धान गरिनु जरुरि छ |

उनीहरुको विश्वाश  छ , रेड वाइन , ब्लु बेरिज र डार्क  चकलेटमा पनि यस्ता पदार्थको मात्रा  हुन्छन्  जसले मस्तिष्कको स्मरण शक्ति विकासमा सहयोग  पुर्याउन सक्छ | ( Source: CNN)