हामी यूवा कहाँ छौ ?

0
317

– ईश्वर खनाल 

“अब म केहि गर्न चाहन्छु” टिममा विश्वास गर्नेले चाँही ‘अव हामी केहि त गरौ न’ भन्ने गरेको पाईन्छ, थेगो नै जस्तै । तर समस्या एउटै सबैको के र कसरी गर्ने । जव आफूले के गर्ने र आफ्नो योजनालाई कसरी समन्वय गर्ने भन्ने दुविधा आउँछ, आश्वसनको मात्र वाढी लाग्छ, तव शुरु हुन्छ कन्सलटेन्सीहरुको ढोका चाहर्ने क््रmम । अनि म केहि गर्छु भन्ने एउटा यूवाशक्ति पलाएन हुन्छ । ऊ विदेश गएर चैँ के गर्छ ? भन्ने कुरा त हामी कल्पना मात्र गरौं ।

आज एउटा इन्टरभियू दिन गएको, ठिक छ हामी पछि कल गर्छौ भनेर फर्काइ दियो यार अर्को साथीले चियाको चुस्की सँगै साँझमा साथीभाई सँगको जमघटमा सुनाउछ । जव पाँउन पनि गारो छ यार, सोध्दै तपाँइले पहिला काँहि काम गर्नु भएको छ भनेर सोध्छन— छैन भन्यो तपाँइको तलवको एक्सेप्टेशन भन्छन आठ दश÷हजार भन्यो उनीहरु चाँहि पाँच÷छ हजारको कुरा गर्छन । यत्रो पढेको साला पाँच हजारको लागी हो ? उस्को आक्रोशपूर्ण प्रश्न आफ्नो साथीहरु सामु नै तेर्साउछ । एउटा लामो हाँसोको फोहरा अनि चुरोटको धुवासँगै सवै टेन्सनहरुलाई उडाउने कोशिस भैरहन्छ निरन्तर ।
रत्नपार्क होस वा कुनै सभा सम्मेलनमा भेला भएका यूवाहरु, चोभार वा गोदावरीको डाँडामा भेटिने जोडी, अथवा कुनै रेस्टुरेन्टमा चिसो पेय सँगै गफमा रमिरहेकाहरु । सोध्यो भने जवाफ फरक फरक — तेत्तिकै, काम नै छैन, कलेज बन्द छ, टाइम पास गर्न यस्तै यस्तै तर चुरो कुरो एउटै छ “समयको मूल्य नबुझ्नु” । प्रथम कुरो उनीहरु काँहि संलग्न छैनन् वा अवसर पाएका छैनन् । दोस्रो कुरा अवसर अरुले नै सृजना गरिदियोस भन्ने हामी सोच्दछौ र हामी हाम्रो तर्फवाट पनि केहि गर्नु पर्छ भन्ने सोचेनउ की ! फेरी हामीसँग अनेक वाहना पनि छन् — ट्राफिक जाम थियो, विर्सिए, फुर्सद नै भएन आदी । हामी यस्तै अनेक वाहना वनाएर आफ्नो जिम्मेवारीवाट पन्छन खोज्छौ पनि । प्रश्न त यहि नै हो, यस किसिमको गैर जिम्मेवारीपनले अन्ततः घाटा कस्लाई पु¥याउछ त ? फेरी हामी अरुलाई दोष लगाउन पनि माहिर नै छौ — परिक्षाामा फेल भयो भने भन्छौ पढाउनेले राम्रो पढाएन, घरको फोहोर सडकमा फाल्छौ र भन्छौ नगरपालिकाले फोहोर उठाएन । त्यसै गरी अहिले वर्तमान परिवेशमा भन्ने हो भने सभासदहरुले समयमै संविधान बनाएनन्, तर हामीले सोचेको छौ वा छैन ती सभासद त हामी आफैले  पठाएको हो नी, त्यसैले गैर जिम्मेवार सभासद चुनेर पठाउने हाम्रो आफ्नो दोष पनि छ भन्ने हामीले सायदै सोच्यौ ।
त्यसैगरी, हामी ठूल–ठूला नाराका साथ कहिले वागमति त कहिले एयरपोर्ट सफा गर्न गइरहन्छौ, जुन कुनै विशेषः योजना विना गरिएको एक दिनको कार्यक्रमले कुनै ठूलो परिवर्तन ल्याउने पनि होइन । त्यस्ता कार्यक्रममा फुर्सदिला मिडिया र मन्त्रि पनि पुग्ने नै भए । यहाँ दुईवटा कुरा सँगसगै आउँछ, पहिलो उत्त कार्यक्रममा मन्त्रिले के भन्यो भन्ने कुराले महत्व पाँउछ र सम्पूर्ण कार्यक्रमको उद्देश्य ने छाँयामा पारिन्छ । दोस्रा,े हामी आपूm कोठा, घर, अफिस, चौक, वा टोल चाँहि कत्तिको सफा छ त ? हरेक कुराको परिवर्तन त ब्याक्तिवाट शुरु हुनु पर्छ भन्ने कुरा हामी कमै सोच्छौ ।
हामी शिक्षित त धेरै नै हौला तर सचेत धेरै छैनौ । परिवर्तनका ठूला कुरा गर्दै गर्दा हामी स्वयं आफै चाँहि कति परिवर्तन भयौ भन्ने कुरा हामीले मनन गर्न पहिला जरुरी छ । हाम्रो सोच, ब्यवहार, अनि दृष्टिकोण कमजोर छ । हामी धेरै वोल्छौ वा वोल्न मन पराउँछौ, सुन्न भन्दा । तर वोल्नु र सुन्नु त भात खानु र वनाउनु जस्तै हो जव हामीलाई खाना वनाउन आउदैन भने हामी कहिलेकाँही भोकै रहने सम्भावना धेरै रहन्छ अर्थात दुःख हुन्छ । त्यसैले हामीले वोल्ने प्राथमिकता भन्दा सुन्ने क्षमता वढाउने हो की ?
ट्राफिकलाई गाली गर्नु भन्दा, जामवाट मुत्त हुन हामी आफैले ट्राफिक नियम पालना गर्नु प¥यो । काम सानो ठूलो हुन्न भन्ने सोच राखेर आफ्नो लागी आफैले कामको सृजना गर्ने अथवा काहि न काँहि संलग्न हुने हो भने सायद हामीलाई सजिलै होला अहिलेलाई टाइम पास गर्न नै भए पनि । तर भविष्यमा यस्ता सकरात्मक क््िरmयाकलापले सुन्दर जिवन वनाउन ठूलो सहयोग पु¥याउछ नै । अरुलाई दोष थोपर्नु भन्दा आफ्नो कमजोरी पो केलाउने हो की ? अवको समय अरु सँग प्रतिस्पर्धा गर्नु होइन, आपैmसँग प्रतिस्पर्धा गर्ने समय हो भनेर वुझ्नु जरुरी छ ।
विभिन्न जव एजेन्टहरु तथा ठूला कम्पनिहरुको भनाईलाई नै लिने हो भने, “नेपालमा अवसर नभएको होइन, अवसर लिने सक्षम ब्याक्तिहरुको कमि छ” । महत्वपूर्ण प्रश्न त यहि नै हो किन हाम्रो क्षमतामा प्रश्न उठाइन्छ ? वास्तवमै हामी धेरै सँग कोरा कितावी ज्ञान मात्र छ । त्यसैले, हामीले कति धेरै पढ्यौ भन्दा पनि हामीले कति धेरै वुझ्यौ वा हामी ब्यवहारीकतामा कत्ति क्षमतावान भयौ भन्ने कुराले अहिलेको प्रथमिकता हो । यो समय परिक्षामा धेरै अंक ल्याउने मात्र होइन, यो त विविध जानकारीसँग अपडेट हुदै, नेटवर्क वृद्धि एवं समन्वयको गर्ने पो समय हो । आफैले  केहि गर्नु त राम्रो हो तर हामी जव मार्केटमै जाने हो भने पनि कम्पनिहरुले कस्ता गुण र  एटिच्युड(सोच) चाहन्छन भन्ने कुरा पहिल्याएर अगाडी बढ्दा सफल हुन सकिएला की !