काठमाडौं । देशको बिभिन्न भागमा सोमबार भएको सडक दुर्घटनामा परि कम्तिमा १८ यात्रुको मृत्यु भएको छ । बर्दिबास सिन्धुली सडक खण्ड अन्र्तगत बर्दिबास नगरपालिका ५ पाटुमा भएको बस दुर्घटनामा परी कम्तिमा आठ बोलबम यात्रीको मृत्यु भएको छ ।

सिन्धुलीको लंगुरखोला महादेवको दर्शन गरेर फर्कने क्रममा ज १ ख ५२९ नम्बरको बस दुर्घटनामा परेको थियो । दुर्घटनमा परी ५० भन्दा बढी घाईते भएका छन् भने ४ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको बर्दिवासका बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ भने एम्बुलेन्सको अभावमा रिफर गरिएका गम्भीर घाईतेलाई अन्य अस्पतालमा उपचारमा लैजान समस्या भएको छ । बस भित्र केही यात्रु अझै च्यापिएको अवस्थामा रहेकोले मृतकको संख्या बढ्न सक्ने स्थानीयवासीको भनाई छ । बसमा महोत्तरी , धनुषा र भारतका तीर्थयात्रीहरु रहेको बताइएको छ ।
उता प्यूठानमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

प्युठान नगरपालिकाबाट सौतामारबांगेफेदी जाँदै गरेको ना ३ ख ८३८३ नम्बरको बस प्यूठानगरपालिका –३ खलंगानजिकै बाङ्गेमरोट भन्ने ठाउँमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । उता प्यूठानमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १० पुगेको छ । प्युठान नगरपालिकाबाट सौतामारबांगेफेदी जाँदै गरेको ना ३ ख ८३८३ नम्बरको बस प्यूठानगरपालिका –३ खलंगानजिकै बाङ्गेमरोट भन्ने ठाउँमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा प्युठान नगरपालिका २ का ३१ वर्षीय सन्देश सुनार, कपिलबस्तु शिबगढीका १७ वर्षीय लंकबहादुर रावल, प्युठान नगरपालीका १५ निबासी ३२ वर्षीय माया केसी, प्युठान १५ तोरबाङका ४५ वर्षीय नरेन्द्र जिसी, सोही ठाउँका २७ वर्षीय बस चालक दानबहादुर पोख्रेल, प्युठान १५ का ३५ वर्षीय हस्तबहादुर बस्नेत र दाङ गढवाकी २५ वर्षीया सीता पण्डीत रहेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार मोटरसाईकललाई साईड दिने क्रममा बस घुम्तीबाट २ सय मिटर तल खोचमा खसेको थियो ।

Comments