काठमाडौं । नेकपा एमालेले सीमाङकन सहित संविधान जारी गर्दा ५ वा ६ प्रदेशमा जाने निर्णय गरेको छ । पार्टी स्थायी कमिटीको बैठकले सीमाङकनसहित सकेसम्म ५ प्रदेश, नभए ६ प्रदेशमा जाने निर्णय गरेको हो ।

संविधान निर्माणबिरुद्ध बिभिन्न खाले षड्यन्त्र भइरहेकाले त्यसलाई चिर्दै अघि बढ्ने निर्णय पनि पार्टीले गरेको छ । जनताको सुझाव अनुसार उत्तर दक्षिण सीमाना कायम हुने गरी सीमांकन गर्न उचित हुने निष्कर्ष पनि वैठकले निकालेको छ । सीमांकनसहितको संघीयताका विषयमा दलहरुको विचमा पछिल्लो समयमा भएका छलफलवारे अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीलाई जानकारी गराउनु भएको थियो  ।

स्थायी कमिटीको मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको वैठकले दलित आन्दोलनमाथि भएको दमनको छानवीन गर्न सरकारसंग माग गर्दै  घाइतेहरुको उपचार गर्न पनि आग्रह गरेको छ ।  त्यसैगरी बैठकले संविधान निर्माणको अन्तिम अवस्था भएकाले सबैलाई संयमता अपनाउन पनि आब्हान गरेको  छ।

Comments