काठमाडौं । हालै बाँडिएको राष्ट्रिय चलचित्र पुरस्कारका विषयमा सूचनामन्त्री डा. मिनेन्द्र रिजालसँग जोडेर अनलाइनहरुमा भ्रामक खबरहरु आएको विषयमा अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

यो खबरलाई लिएर अनावश्यक टिप्पणी हुन थालेपछि अन्ततः नम्रताले पनि आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टाटस् लेख्दै हल्लाको पछाडि नलाग्न अनुरोध गरेकी छन् ।

स्टाटसमा उनले लेखेकी छन् ’मलाई यो लेखिरहँदा दुस्ख लागिरहेको छ तर म मेरो मौनताले गलत व्याख्या नगरोस भन्नेचाहन्छु ।’ नम्रताले उनी सुरुमा ब्लगका लेखिएका कुराबाट आफू अनभिज्ञ रहेको र सामाजिक संजालमा ती कुराहरु भाइरल बनेपछि उनका आफन्त, शुभ चिन्तक, शुभेच्छुकहरुले निरन्तर फोन र प्रश्न सोधेपछि आफूले थाहा पाएकी उल्लेख गरेकी छन् ।

नम्रताले एउटा ब्लगमा लेखिएको कुरालाई विश्वास गर्दै त्यसैको पछाडि दौड्नुमा कुनै तुक रहेको बताउँएकी छिन् । चलेका सम्पूर्ण हल्ला निराधार रहेको उनको प्रष्टोक्ति छ । नम्रताले आफ्नो फेसबुक स्टाटसलाई आधारहिन समाचारको स्पष्टिकरण नभई आफ्ना शुभेच्छुकहरुमा भ्रम नपरोस् भन्ने उदेश्यले लेखेको जनाएकी छन् ।

यसअघि सर्वोत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार जितेकी अर्की अभिनेत्री ऋचा शर्माले पनि आफ्नो प्रष्टीकरण दिएकी थिइन् ।

Comments