काठमाडौ । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्दैछ ।

नेपाली समयअनुसार साढे ३ बजे सुरु हुने खेलमा सुखद नतिजाका साथ नेपाली टोली लिगको अंक तालिकामा खाता खोल्ने दाउमा छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एक दिवसीय ढाँचाको यो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाईरहेको नेपाल पहिलो जितको खोजीमा छ ।

यसअघि पहिलो खेलमा नेपाल ३ रनको झिनो अन्तरमा पराजित भएको थियो । आठ राष्ट्र सहभागी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र स्कटल्याण्ड दुबै पहिलो चरणका खेल खेलिरहेका छन् ।

दुई वर्षसम्म सञ्चालन हुने लिगमा प्रत्येक राष्ट्रले एक अर्कासँग होम एण्ड अवे गरी २–२ खेल खेल्ने छन् । प्रतियोगितामा नेपाल र स्कटल्याण्डसँगै नामिबिया, पपुवा न्युगिनी, हङकङ, युएई, केन्या र नेदरल्याण्ड्स सहभागी छन् ।

Comments