काठमाडौं । एक समय आफ्नो लभ र रोमान्सका कारण चर्चामा आइरहेकी अभिनेत्री सुष्मा कार्की यतिबेला भने लगभग गुमनाम बनेकी छिन् ।

उनी कहाँ छिन्,के गर्दैछिन् ? भन्नेकुराबाट उनका प्रशंसक दर्शकहरु समेत अनभिज्ञ छन् । तर सुष्माले भने आफू कतै नहराएको बरु चलचित्र कर्ममै व्यस्त रहेको बताउँदै आएकी छिन् । साथै उनी अहिले विगतको कमजोरीलाई सुधार्ने अभियानमा समेत रहेको बताउँछिन् ।

यहीबीच उनको नयाँ चलचित्र पाप रिलिजको तर्खरमा रहेको छ । आगामी साउन १५ मा रिलिज हुने चलचित्र पाप विशुद्ध प्रेमकथामा आधारित हुने पनि उनले बताइन् । फिल्ममा सुष्मालाई पहिले लभ अनि पाप गर्दै पछि त्यसलाई पखाल्ने भूमिकामा देखाइएको उनले बताइन् । एनआर घिमिरेको निर्देशनमा बनेको फिल्म राजधानी र मोफसलका झन्डै चार दर्जन हलमा एकसाथ प्रदर्शन हुनेछ ।

विकास शर्माको प्रस्तुति रहेको फिल्ममा आयुष रिजाल पनि  प्रमुख भूमिकामा छन् । रामप्रसाद शर्मा, पार्वती शर्मा र चन्द्रमा पराजुली यस चलचित्रका निर्माता हुन् ।

Comments