काठमाडौं । सरकारले आगामी साउनदेखि लागू गर्ने भनिएको स्मार्ट ड्राइभिङ लाइसेन्स दुई महिनापछि मात्र लागू हुने भएको छ ।

भूकम्पको कारण देखाउँदै साउनमा लागू हुने भनिएको स्मार्ट ड्राइभिङ लाइसेन्स असोजदेखि मात्र लागू हुने भएको हो ।

आर्थिक वर्ष २०७१–७२ मा प्रस्तुत  गरिएको नीति तथा कार्यक्रमले सार्वजनिक यातायतलाई व्यवस्थित गर्न ब्लु बुक  तथा लाइसेन्सलाई स्मार्ट कार्डमा रुपान्तरण गरिसक्ने घोषणा गरेको थियो । तर सरकारी कामकारबाही चुस्त हुन नसकेको भन्दै सरकारले यो कार्यक्रमलाई २ महिनापछि धेकेलेको हो ।

Comments