काठमाडौँ ।  बिहीबार बिहानै दोस्रो परकम्पन गएको छ । बिहान ७:४१ बजे काठमाडौँमा ठूलै धक्का महशुस गरियो ।

सिन्धुपाल्चोक केन्द्र भएर ५ रेक्टरको परकम्पन गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बिहान ५ बजे २६ मिनेट जाँदा काभ्रे केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो ।

Comments