काठमाडौँ ।  फ्रान्सको चामोनिक्समा भएको मोन्ट ब्लान्क म्याराथन २०१५ को उपाधि नेपालकी मीरा राईले जितेकी छिन्।   २४ वर्षीया मीराले ८० किलोमिटर अल्ट्रा दौड १२ घण्टा ३२ मिनेटमापुरा गर्दै उपाधि जितेकी हुन् ।

उनी नेपाली झण्डा फहराउँदै दौडको अन्तिम विन्दुमा पुगेकी थिइन् ।  दोश्रो भएकी अन्ना कोमेटले मिराको भन्दा २३ मिनेट बढी अर्थात १२ घन्टा ५४ मिनेट समय लगाएकी थिइन् ।

सन् २००३ को जुन देखि हरेक जुनमा फ्रान्समा यो म्याराथन हुने गर्दछ । मीराले यसअघि गत वर्ष हङकङ आइल्यान्ड ट्रेल रेस र इटालीमा भएको इन्टरनेशनल अल्ट्रा रनको उपाधि पनि जितेकी थिइन् ।

पूर्वी नेपालको भोजपुरमा जन्मिएकी मीरा पाँच सन्तानमध्ये दोस्री थिइन्। १४ वर्षकै उमेरमा उनी माओवादी लडाकुमा भर्ती भएकी थिइन्।

Comments