मेलबर्न । हिमालयन कङ्गारुकर्मी निरु त्रिपाठी साउथ एसियन कम्युनिटी लिंक ग्रुपको कार्यकारी समितिमा नियुक्त हुनुभएको छ । मेलबर्नमा रहेर सक्रिय पत्रकारिता गर्दै आउँनुभएका त्रिपाठीलाई उक्त ग्रुपले पत्रकारकै हैसियतमा कार्यकारी समितिमा नियुक्त गरिएको बताइएको छ । आफ्नो नियुक्तिप्रति खुशी प्रकट गर्दै उहाँले सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।

यसैबीच लिंक ग्रुपको आयोजनामा दक्षिण एसियाली आप्रवासी समुदायमा पारिवारिक तथा अन्तरपुस्ताबीचको द्धन्द्धबारे अन्तक्र्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफलमा विभिन्न क्षेत्रका विज्ञहरुले यस क्षेत्रका समुदायले भाग्दै आएका समस्या र चुनौतिकाबारेमा महत्वपूर्ण धारणाहरु राखेका थिए । साथै दक्षिण एसियाली आप्रवासी समुदायका ताजा र साझा समस्या,चुनौति र अवसर लगायतका बारेमा पनि अन्तक्र्रियामा छलफल भएको थियो ।

Comments