अष्ट्रेलिया | प्रवासी नेपालीहरुको संगठन एनआरएन अष्ट्रेलियाको आसन्न चुनाव नजिकिदै गर्दा अध्यक्ष पदका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका स्वतन्त्र उमेद्वार ऋषि कंडेल आफ्नो उम्देवारी फिर्ता लिएको घोषणा गरेका छन्  । प्रारम्भिक चरणमा अध्यक्ष पदका लागि ३  जनाको उमेद्वारी दर्ता हुँदा  एनआरएन अष्ट्रेलियाको नेतृत्वको चयन रोचक बन्ने देखिएको थियो  ।

लामो समयदेखि एनआरएनमा सक्रिय कंडेलले यस आघि आफुले संस्थागत बिकास, एनआरएनको महिमा र गरिमा बचाउने लक्ष्य सहित उमेद्वारी दर्ता गराएको बताएका थिए | सामाजिक एकता कायम राखी कसैको निम्ति आफु बाधक नबन्ने चाहना सहित आफुले उमेद्वारी फिर्ता लिएको कंडेलले बताए |

Comments