अस्ट्रेलियामा रहँदै आएका एक नेपाली युवाले अष्ट्रेलियालाई स्वर्ण पदक दिलाएका छन् । सिड्नी बस्ने नेपाली युवा सन्तोषकुमार श्रेष्ठले दुबईमा सम्पन्न अन्तराष्र्टि«य शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जितेका हुन् ।

विश्वभरबाट आएका ४० देशका प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले नेचुरल बडि बिल्डीङ फिटनेश मोडल तर्फ ३० वर्ष माथि उमेर समूहमा प्रथम स्थान हासिल गरेका हुन् । अस्ट्रेलियाको प्रतिनिधित्व गर्दै प्रतियोगीतामा सहभागी भएका श्रेष्ठले उक्त उपाधि सँगै अन्य विधामा समेत गरी पाँच वटा पदक जितेका छन् ।

नेचुरल बडि विल्डिङ एण्ड फिटनेश एक्स्पो प्रतियोगिता नामक उक्त प्रतियोगीताको आयोजना इन्टरनेशनल बडि विल्डिङ र दुबई स्पोर्टस काउन्सिलले संयुक्त रुपमा गरेका थिए ।

श्रेष्ठले उपाधिसँगै आइएनविए ओभरअल ओपन फिटनेश मोडल वल्र्ड च्याम्पियन, ओपन हाइट डिभिजन फिटनेश मोडल वल्र्ड च्याम्पियन, फष्ट रनर अप, ओपन स्पोर्टस मोडल वल्र्ड च्याम्पियन र नोभिस एमआर फष्ट रनर अप वल्र्ड च्याम्पियनसीप उपाधि पनि पाएका हुन् । यसअघि अस्ट्रेलियाको सिड्नी र मेलवर्नमा आयोजित राज्य तथा राष्ट्रियस्तरको प्रतियोगितमा सफल हुँदै अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा अस्ट्रेलियाको तर्फबाट विश्वस्तरीय प्रतियोगितामा भाग लिन सन्तोष दुबई पुगेका हुन् ।

अस्ट्रेलियाको स्थायी बसोवास (पिआर) अनुमति भएका सन्तोष यस्ता प्रतियोगिता जित्ने पहिला नेपाली हुन् । उपाधि जितेपछि सन्तोष एक वर्षसम्म अन्तराष्ट्रिय नेचुरल बडि विल्डिङको र्याकिङ नम्बरमा सबैभन्दा उच्च ओहदा रहनेछन् ।

Comments