महाविनाशकारी भूकम्पले घर तथा भवनहरुमा नराम्रो क्षति पुग्दा घरमा धन राख्नेहरु धेरैको भेद पनि खुलेपछि अहिले बैंक तथा वित्तीय संस्थाहरुमा नै विश्वासको बाढी लागेको छ । भूकम्प पछि सर्वसाधारणको निक्षेप बृद्धि भए पछि अहिले बैकिङ क्षेत्रमा अधिक तरलता बढेको छ । बैक तथा वित्तीय संस्थाहरुमा ९० अर्व भन्दा बढी लगानीयोग्य रकम रहेको छ भने सरकारी खातामा पनि करीव ७० अर्व भन्दा रुपैया लगानी हुन नसकेर निष्क्रिय रहेको छ ।

बैशाख १२ गते गएको भुकम्प र त्यस पछिको पराकम्पनको कारण बैकहरुको खातामा थुप्रिएको करीव १ खर्व ६० अर्व रुपैया खर्च हुन नसकेको कारण निस्कृय रहेको छ । तर बैंक तथा वित्तीय सस्थाहरुले लगानी भने गर्न सकेका छैनन । जसले गर्दा बैकिङ क्षेत्रमा तरलता बढेको छ । बैकिङ क्षेत्रका साथै सरकारी खातामा रहेको झण्डै ७० अर्व रुपैया निस्कृय रहेको छ । बैक तथा बित्तिय सस्था र नेपाल सरकारको खातामा रहेको १ खर्व ६० अर्व लगानी गर्न योग्य रकम त्यसै थन्किएको छ । नेपाल राष्ट्र र्बैकका डेपुटी गर्भनर गोपाल प्रसाद काफले बैशाख १२ को भुकम्प र त्यस पछिको पराकम्पनको कारण बैंकिङ क्षेत्रमा निक्षेप बढेको तर लगानी हुन नसकेको बताउनु भयो ।

बैक तथा बित्तिय सस्थाहरुमा रहेको रकम लगानी हुन नसकेर निस्कृय रहनु भनेको अर्थब्यबस्थाको लागि ठुलो नोक्सानी हो । बैकर्स एशोसिएसनका उपाध्यक्ष अनिल शाहले लगानी केही समय खुम्चिए पनि बैकहरुले लगानी बिस्तारै बढाइरहेको बताउनु भयो ।
राष्ट्र बैकका डेपुटी गर्भनर काफ्लेले बैक तथा बित्तिय सस्थाहरुलाई लगानी बढाउन प्रोत्साहन गरेको दावी गर्नु भयो ।
सरकारले भुकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण र पुर्नवास गर्ने भनि दाताहरुसग सहयोगको लागि हात फैलाइरहेको छ तर बैकिङ क्षेत्रमा रहेको तरलता र सरकारी खातामा त्यसै निस्कृय रहेको रकम भने खर्च गर्न नसक्नु दुःखद पक्ष बनेको छ ।

Comments