काठमाडौं । शिक्षा प्रवक्ता शिक्षा मन्त्रालयले औपचारिक कक्षा नभई शैक्षिक वातावरण तयार गर्न विद्यालय खोल्न लागिएको प्रष्ट पारेको छ । कक्षा अवरुद्ध भएको एक महिनाको शिक्षा शुल्क नलिन पनि मन्त्रालयको विद्यालयहरुलाई आदेश दिएको छ ।

मन्त्रालयका प्रवक्ता डक्टर हरि लम्सालले भूकम्पका कारण एक महिनाको कक्षा अवरुद्ध हुँदा यस अवधिलाई वर्खे वा हिउँदे विदामा समायोजन गरिनु पर्ने उहाँको भनाइ छ । अवरुद्ध समयको शिक्षण शुल्क नलिन पनि विद्याालयहरुसँग उहाँको आग्रह छ । शुल्कका विषयमा तत्काल कुनै निर्णय नगरिएको भए पनि विदा भएको समयको शुल्क लिन नमिल्ने उहाँको तर्क छ ।

यसअघि बुधवार मात्र निजी विद्यालयहरुले भूकम्पका कारण बन्द रहेको महिनाको पनि शुल्क लिने निर्णय गरेको छ ।

सरकारले शैक्षिक गतिविधिलाई लामो समय अवरुद्ध गर्न नमिल्ने भन्दै शैक्षिक संस्थाहरु खोल्ने निर्णय गरेको छ । अवरुद्ध परीक्षाहरु सञ्चालन गर्न परीक्षा तालिका पनि सार्वजनिक गरेको छ । भूकम्पको भय कायम रहँदा साथै भौतिक संरचनाको व्यवस्था नै नगरी शैक्षिक गतिविधि सञ्चालन गर्न लागिएको भन्दै विद्यार्थी तथा अभिभावकले सरकारी निर्णयप्रति गुनासो व्यक्त गर्दैआएका छन् ।

Comments