सोमबार बिहान गोरखा केन्द्रबिन्दू भएको ५ रेक्टर स्केलको पराकम्प गएको छ । बिहान ३ बजेर २३ मिनेटमा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि राती र बिहानको समयमा पराकम्प कम हुँदै गएको थियो ।

आइतबार दिनभर ४ वटा पराकम्पन गएका थिए । वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि निरन्तर पराकम्पन गैरहेका छन् । साना पराकम्प अझै केही दिन जानसक्ने केन्द्रले जनाएको छ ।

Comments