भूकम्पबाट प्रभावित क्षेत्रहरुको पुनर्निर्माण तथा राहत वितरण र उद्दारका लागि राजनीतिक दलहरुबीच कार्यकर्ता परिचालनमा पनि होडबाजी चल्न थालेको छ ।

भूकम्पबाट पीडितको उद्धार,राहत तथा पुनर्निर्माणका लागि भन्दै नेपाली काँग्रेस,नेकपा एमाले र माओवादी पार्टीहरुले नेता तथा कार्यकर्ता परिचालन गरेका हुन् ।

महाभूकम्पले निम्त्याएको विनासपछि सबै माओवादीहरु आइताबारदेखि एक साथ पुनर्निर्माणमा जुट्ने भएका छन् ।
भूकम्पपछि आ आफ्नै ढंगले उद्धारमा राहत तथा श्रम अभियानमा जुटेका माओवादीहरु आइतबारदेखि एकसाथ पुनर्निमाणमा लाग्ने भएका हुन् ।

महाविपत्ति र महाबिनासलाई नव निर्माणको अभियानमा बदल्ने प्रतिबद्धताका साथ श्रम अभियानमा जुट्न लागेका पाँच माओवादीहरुले काठमाडौको मरुहिटीबाट काम थाल्दैछ ।

काठमाडौको काष्ठमाण्डप पछाडिको मरुहिटीबाट सुरु गरी प्रभावित १५ जिल्लामा अभियान सञ्चालन गरिने पाँच माओवादीको कार्यदलले जनाएको छ ।

उता नेकपा एमालेले भूकम्पबाट क्षति भएका बस्वीहरुको पुनः निर्माणका लागि आइतबारदेखि स्वयंसेवकहरुलाई विदाइ गर्ने भएको छ ।
भृकुटीमण्डपमा विशेष कार्यक्रमको आयोजना गरेर एमालेले स्वयंसेवकलाई गाउँ पठाउन लागेको हो । एमाले स्वयंसेवकहरुले जेठ १० देखि असार १० सम्म पुनर्निर्माणमा सघाउने छन् ।

एमालेजस्तै नेपाली कांग्रेसले पनि शनिबार पार्टीका नेता कार्याकर्तालाई निर्माण सामाग्रीहरु दिएर गाउँ पठाइसकेको छ ।

Comments