रोयल च्यालेन्जर्स बैंग्लोर इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएफको क्वालिफयरमा पुगेको छ । राजस्थान रोयल्सलाई ७१ रनले पराजित गर्दै बैंग्लोरले जारी लिगको क्वालिफयरमा प्रवेश पाएको हो ।

पुनेमा पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनायो । उसका लागि एबी डिभिलियर्स र मन्दिखप सिंहले तेस्रो विकेटका लागि ११३ रनको महत्वपूर्ण साझेदारी गरे ।

डिभिलियर्सले ६६ रन बनाए । मन्दिप सिंह ५४ रनमा अविजित रहे । क्रिस गेलले २७ रन बनाए भने कप्तान विराट कोहली मात्र १२ रनमा आउट भए । दिनेश कार्तिकले ८ रन जोडे ।

जवाफमा मैदान उत्रिएको राजस्थानको सुरुवात राम्रो हुन सकेन । उसका लागि अजिन्क्या रहाणेले ४२ रन जोडे पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् र १९ ओभरमा १०९ रन जोड्दा अलआउट भयो ।

१४ रन जोड्दा पहिलो विकेटका रुपमा शेव वाट्सन मात्र १० रनमा आउट भए । सन्जु सामसुन ५ र स्टिभ स्मिथ १२ रनमा आउट भए ।
करुण नरिन १२, दिपक होडा ११ रनमा आउट भए । फल्कनर ४ रनमा आउट भए । स्टुआर्ड बिन्नी र क्रिस मोरिसले खाता नै खोल्न सकेनन् । धवन कुलकर्नीले ३ रन बनाए ।

राजस्थानलाई सस्तैमा समेट्ने क्रममा बैंग्लोरका श्रीनाथ अरविन्द, हर्षल पटेल, डेभिड विस र युजबेन्द्र चाहलले समान २–२ विकेट लिए ।
अब फाइनलमा स्थान बनाउन बैग्लोरले चेन्नई सुपर किङ्ग्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा चेन्नईलाई पराजित गर्दै मुम्बई फाइनलमा पुगिसकेको छ ।

Comments