विद्युतीय सामाग्री उत्पादनमा स्थापित कम्पनी एलजीले फोल्ड गर्न मिल्ने अर्थात पट्याउँन मिल्ने टेलिभिजन निर्माण गरेको छ ।

हाललाई ५२ इन्चको सिरिजमा मात्र उपलब्ध हुने यो अल्ट्रा थिन टीवी वालपेपर जति नै पातलो छ । त्यसैले कम्पनीले यसको नाम नै वला पेपर टिभी राखेको छ । यो यति हलुको र पातलो छ कि यसलाई चुम्बकको माध्याबाट भित्तामा टाँस्न सकिन्छ ।

५२ इन्च स्क्रीन वाला यो टिभी एक एमएम पातलो छ । यसको तौल मात्र १ दशमलब ९ किलो मात्र छ । त्यसैले यसलाई सजिलै फोल्ड गर्न पनि सकिन्छ । यसमा अर्गानिक डिस्प्ले राखिएको छ । यो डिस्प्ले निकै फ्लेक्जिबल मानिन्छ । कागज जत्तिर्क पातलो हुने यो डिस्प्ले अर्गानिक तत्वबाट बनाइन्छ ।

यस्तो डिस्प्ले निकै महँगो हुने भएकोले फोल्ड गर्न मिल्ने यो टिभीको बजार मूल्य पनि तुलानात्मक रुपमा केही महँगो हुने एलजी कम्पनीले जनाएको छ । तर सुविधाको तुलनामा यसको मूल्य खासै महँगो नरहेको पनि कम्पनीको दाबी छ ।

Comments