महाविनाशकारी भूकम्पले मुलकमा जनधनको मात्र क्षति गराएन, बाँचेका आम मानिसको मनलाई समेत विचलित बनाएको छ । बैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनका कारण आम मानिसको दैनिकी समेत अस्तव्यस्त बनेको छ । भूकम्पको त्रासले कतिमा मनोवैज्ञानिक असर समेत देखिन थालेको छ । भूकम्पको त्रासले थलिएका आम मानिसको दैनिकीमा सुधार ल्याउन सकारात्मक सोचको आवश्यकता पर्ने उनीहरुको दावी छ ।

चिकित्सकका अनुसार यतिबेला अधिकांश मनोसामाजिक समस्या हवात्तै बढेर गएको छ । नियमित जीवनशैली खल्बलिएपछि धेरैमा समस्या बढेको बताइएको छ । भुकम्पले उत्पन्न त्रासबट सबैभन्दा बढि बालबालिका ,बृद्धबृद्धा ,महिलामा मानसिक समस्या बढी देखिएको छ । भूकम्प प्रभावित क्षेत्रका सर्वसाधारणहरुले अहिले आफूमा बढी आत्तिने,डराउने,खानामा अरुची बढ्ने जस्ता लक्षणहरु देखापरेको बताउँछन् । यो मानसिक समस्या भएकोले विशेष स्याहार र मनोपरामर्शको आवश्यकता हुने चिकित्सकहरुको भनाई छ । मानसिक तनावले शारीरिक रुपमै समेत लक्षणहरु देखिन सक्छ । भोक नलाग्नु, निद्रा नलाग्नु,एकाग्र नहुनु,चाँडो रिस उठ्नु,मद्यपान वा अन्य दुव्र्यसनको बानी लाग्नु जस्ता लक्षणहरु देखा पर्ने चिकित्सकहरु बताउछन् । तर यस्तो समयमा दुव्र्यसनमा लाग्नु झन् बढि जोखिम हुने भएकोले यसबाट टाढा रहन उनीहरुको सुझाव छ ।

मनमा अझै पनि त्रास नहटेकोले सामान्य अबस्थामा आउन केहि समय लाग्ने चिकित्सकहरुको कथन छ । त्यसैले यस्तो बेला शारीरिक व्यायाम गर्ने,सकारात्मक सोच राख्ने, घुमफिर गर्ने,साथीभाइसग रमाइलो गर्ने, मन पर्ने गीत सुन्ने ,फिल्म हेर्ने लगायतका क्रियाकलापको माध्यमबाट पनि यसबाट मुक्त हुन सकिने उनीहरुको सुझाव छ । अनिद्राले पनि धेरै समस्या निम्त्याउन सक्ने भएकाले सकभर औसत समयसम्म सुत्न समेत मनोचिकित्सकहरुको आग्रह गरेका छन् । अझै पनि यस्तै त्रस्त वातवरण रहि रहने हो भने यसले भविष्यमा दीर्घकालीन असर र प्रभाव समेत छोड्न सक्ने चिकित्सकहरुको चिन्ता छ । त्यसैले केही समस्या देखिए तत्काल मनोपरामर्श लिन र उपचार गराउन उनीहरुको सुझाव छ ।

सबैभन्दा ठूलो कुरा यस्तो विषम परिस्थितिमा सकारात्मक सोच मात्रले पनि सकारात्मक परिणाम दिन सक्छ । त्यसैले सकरात्मक सोंच र आत्मविश्वासका साथ नआत्तिइकन आफ्नो दैनिकीमा फर्कन मनोविश्लेषकहरुले सुभ्mाएका छन् ।

Comments