काठमाडौँ । शुक्रवार बिहान फेरि अर्को शक्तिशाली परकम्पन महसुस गरिएको छ । शुक्रबार बिहान ७ बजेर २७ मिनेट जाँदा ५.५ रेक्टर स्केलको पराकम्प गएको हो ।

धादिङ जिल्लामा केन्द्रविन्दु रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । बिहानै आएको भूकम्पको धक्का राजधानीबासीले पनि महसुस गरेका थिए ।

त्यसैगरी आजै बिहान ४ बजेर ६ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएको ४.३ रेक्टर स्केलको पराकम्प गएको थियो भने बिहान ३ बजेर ३८ मीनेटमा दोलखामै केन्द्रविन्दु भएको ४.१ रेक्टर स्केलको अर्को पराकम्प गएको थियो ।

Comments