विनाशकारी भूकम्पका कारण हिमपहिरो नरोकिएपछि यो वर्ष सर्वोच्च शिखर सगरमाथा आरोहण रोकिएको छ ।

भूकम्पका कारण सगरमाथा आधार शिविरमा गएको पहमपहिरो र पटक पटक गइरहेको भूकम्पका धक्काले जोखिम बढाएका कारण आरोहण बन्द भएको पर्यटन विभागका महानिर्देशक तुलसी गौतमले जानकारी दिए । विभाग आरोहण रोक्ने पक्षमा नभए पनि आइसफल डक्टरले बाटो बनाउँन नसक्दा सगरमाथा प्रदूषण नियन्त्रण समितिले आरोहण गर्न नसकिने जानकारी दिएको छ ।

समितिले अब यो वर्ष बाटो बनाएर आरोहण गर्दा नभ्याईने जानकारी दिएको छ । यस पटक गएका अधिकांश आरोहीसमेत फिर्ता आइसकेकोले आरोहण हुन नसक्ने विभागले जनाएको छ ।

Comments