-डा.अनन्त अधिकारी

यसपटकको भुकम्पको घटना अत्यन्तै पीडादायी थियो जसले ठूलो धनजनको नाश ग¥यो । कयौ परिबारबिहीन बने,कयौको जीवनभर कमाएको सम्पति नष्ट भयो । यस्ता ठूलो खालको प्राकृतिक विपतीबाट स्वभाविकरुपमा हरेक मानिसलाई चिन्तित बनाउँछ, भय सिर्जना गरिदिन्छ । यस्तो समयमा मानिसहरु शारीरिक समस्याबाट त पिडीत हुन्छन नै साथसाथै मानसिक समस्याबाट पनि पीडीत हुन्छन । सबैले शारिरिक समस्यालाई मात्र ध्यान दिएर मानसिक समस्यालाई ध्यान नदिदा कहिलेकाहि यसले बिकराल रुप समेत लिने गर्दछ । हालको नेपालकै कुरा गर्दा हालको बिपतीको समयमा धेरै मानिसहरुमा मानसिक समस्याहरु देखिएका छन । ति मध्ये केहि समस्याहरु विपदको समाप्ती संगै स्वत समाधान भएर जान्छन भने केहि चाहि लामो. समय सम्म रहन्छन ।

वैशाख १२ यताका भूकम्प पछि अस्पतालहरुमा मानसिक बिरामीहरुको संख्या उल्लेख्य मात्रामा बृद्वि भइरहेका छन् । अस्पतालमा आउने बिभिन्न मानसिक विरामीहरुमध्ये डराइरहने, भूकम्पका डरलाग्दा दृष्य सम्झरहने, चिन्ता गर्ने, शङ्का मान्ने, निद्रा नपर्ने, खानामा रुची नहुने, टाउको दुख्ने, शरीर झमझम गर्ने र शरीर काप्ने जस्ता लक्षण देखिएका छन् । त्यसमा पनि धेरै बिरामीहरुमा मन आत्तिने रोग (एन्जाइटी डिसअर्डर) देखिएको छ । त्यस्तै पोष्ट ड्रमाटिक स्ट्रेस डिसअर्डर, डिप्रेसन, डिलिरियम तथा साइकोसिसको समस्या पाइएको छ ।

कस्तो खालको मानसिक रोगहरु देखा पर्छन ?

मानसिक समस्याका ३ चरणहरु हुन्छन । जसमा पहिलो ‘एक्यूट स्टे्रस रियाक्शन’, दोश्रो ‘स्टेज पोष्ट एक्यूट स्टे्रस डिसअर्डर’ र तेश्रो ‘स्टेज पोष्ट ट्राम्याटिक डिस अर्डर’ हुन । जसमा पहिलो स्टेज एक हप्तासम्मको दोश्रो १५ दिन सम्मको र तेश्रो १ महिना र सो अवधि भन्दा पछिको पहिलो चरण र दोश्रो चरणमा आत्तिहाल्नु पर्दैन तर बिरामी तेश्रो चरणसम्म पुग्यो भने मानसिक रोग लामो समय सम्म रहन सक्ने सम्भावना हुन्छ, यो कुरा चाहि सबैले बुझ्न जरुरी छ ।

तर यसो भन्नुको अर्थ त्यो भने पक्कै होइन कि तेश्रो स्टेजमा मात्र विज्ञको परामर्श लिने र औषधोपचार गर्ने । यदि एक हप्ता भित्रै कुनै पनि मानिसको मानसिक स्थितिमा धेरै परिवर्तन भयो , वे अफ लाईफ नै परिवर्तन हुन थाल्यो भने त्यस्तो मानिसलाई घरमा राखीराख्ने होइन कि तुरुन्तै कुनै मनोचिकीत्सक वा मनोविदहरुसंग परामर्श लिने काम गर्नु पर्दछ ।

यो महाभुकम्प यस्तो एउटा दुर्घटना बन्यो जसमा थुप्रैले आफ्ना आफन्त गुमाएका छन, घरबार बिहिन भएका छन् । जसले आफ्नो परिवारको सदस्य गुमाएका छन तिनमा केहि मानसिक समस्या देखिनु पनि स्वाभाविक हो । केही समय परिवारले एकदमै साथ दिने एक्लै नछाड्ने कुनै पनि कुरा नलुकाउने खुलेर उ संग गर्ने र घटना भए समाधानका उपायहरुका बारेमा छलफल गर्ने आदि गर्नुपर्दछ । गाह्रो भयो छटपटी भयो,निन्द्रा परेन भने तत्काल मनोचिकीत्सको परामर्श लिनु उत्तम हुन्छ ।

दिर्घकालीन मानसिक रोगको खतरा :

निश्चितरुपमा यस्ता ठूल्ठूला प्राकृतिक विपत पछिका समयका समस्याहरुमध्ये केहीलाई दिर्घकालीन रुपमा असर पार्दछन् । अधिकांश मानसिक तनावहरु भ्ुाकम्पको धक्का हराउदै गएपछि र जनजीवन सामान्य बनेपछि कम हुदै जान्छन । तर १० प्रतिशतमा भने पछिसम्म पनि उपचारको खाँचो रहन्छ । केहि समय अघि हाइटी, जापान लगायतका देशमा भएको महाभुकम्प र विपदमा परेका मध्ये १० प्रतिशत मानिसमा पछिसम्म पनि मानसिक समस्या देखिएको थियो । नेपालमा पनि दश प्रतिशत मानिसमा भुकम्प पछि पनि मानसिक रोग यथावत रहने सम्भावना रहेको छ ।

मानसिक बिचलन कम गर्न ध्यान दिनुपर्ने कुराहरु:

मादक पदार्थ सेवन नगर्ने

सकेसम्म दैनिक मेडिटेशन र योगा गर्ने ।

दैनिक जीवनमा स्वास्थ्य प्रतिस्पर्धा गर्ने ।

अति नैतिकवान नबन्ने र अरुबाट पनि त्यस्तो बढी आशा नगर्ने ।

आफ्ना समस्या आफ्नो परिवार र साथिभाइहरुमा शेयर गर्ने ।

मनलाई सधै स्थिर र शान्त राख्ने ।

एउटै कुरामा बारम्बर सोचमग्न नहुने ।

नचाहिदो हल्लाको पछि नलाग्ने ।

आफुलाई खुशी र सन्तुष्ट राख्ने प्रयास गर्ने ।

धेरै घर भत्केका, मान्छे मरेको दृश्यहरु हेर्न नदिने/नहेर्ने ।

Comments