तपाई आफ्नो प्रेमिले धोका दियो भने के गर्नुहुन्छ ? एउटा कुनामा गएर रुनुहुन्छ होला, चिच्याउनुहुन्छ, अथवा अरु कुनै उपाय अपनाउनुहुन्छ होला त्यो पिडा पोख्नको लागि । तर पे्रमिबाट धोका पाएपछि एक जापानी महिलाले अनौठो तरिका अपनाएकी छिन् ।

प्रेमिले आफुलाई धोका दिएको थाहा पाएपछि ती जापानी महिलाले पे्रमिको प्रयोग गर्ने एप्पलको आइप्याड,आईफोन लगायतका महत्वपुर्ण सामानलाई बाथटबमा डुबाइदिइन् ।
बाथटबमा डुबाइदिएपछि उनले फोटो खिचेर ट्वीटरमा पोस्ट् गरिन् । त्यपछि उनले ट्वीटरमा लेखेकी छन्, ’उसलाई मैले अर्कैसँग चक्कर चलाउँदै गरेको अवस्थामा भेटें,’ ’मलाई धोका दिएर अर्कैसंग लागेको उसले प्रयोग गर्ने एप्पलका प्रोडक्ट पानीमा हालिदिए ।’ उनको फोटोसहितको ट्वीटलाई सयौं मानिसले रिट्वीट समेत गरेका छन् ।

ती महिलाले आफूलाई धोका दिँदा जति पींडा भएको छ, त्यसैगरी उसका प्रिय सामान पानीमा हाल्दा उसलाई त्यस्तै दुस्ख पींडा भएको देख्न चाहेको बताइन् ।

Comments