एसियाली–अफ्रिकी सम्मेलनको ६० औं तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दसौं एसियाली–अफ्रिकी शिखर सम्मेलन आजबाट सुरु हुँदैछ ।

आजबाट सुरु हुने शिखर सम्मेलनमा १ सय ९ सदस्य राष्ट्रमध्ये २६ देशका राष्ट्रप्रमुख एवं सरकारप्रमुखसहित ९४ देशको प्रतिनिधित्व छ । सातवटा सत्रमा चल्ने सम्मेलनको पहिलो दिन ३ र दोस्रो दिन ४ सत्र चल्नेछन् । सन् १९५५ मा इन्डोनेसियाको बाङडुङमा सम्पन्न असंलग्न राष्ट्रहरूको सम्मेलनको ६० औं वार्षिकोत्सवमा हुने शिखर सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सम्मलेनमा भाग प्रधानमन्त्री कोइराला नेतृत्वको टोली जाकर्ता पुगिसकेको छ ।

प्रधानमन्त्री कोइरालालाई जाकर्तास्थित सुकार्नो–हाता अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र इन्डोनेसियाका अनुसन्धान, प्रविधि तथा उच्च शिक्षा मन्त्री एच मोहमद नासिरले स्वागत गरेका थिए । ‘विश्व शान्ति तथा समृद्धि प्रवर्द्धन गर्न दक्षिण–दक्षिण सहयोग सबलीकरण’ नारा रहेको बाङडुङ सम्मेलनमा एसिया र अफ्रिका महादेशका अधिकांश राष्ट्र सहभागी छन् ।

Comments