प्रधानमन्त्री सुशील कोइरालाले देश विकासका लागि लोकतान्त्रीक संविधान अपरिहार्य रहेको बताउनुभएको छ ।

विकासको लागि लोकतान्त्रिक शासन पद्धति, शान्ति र राजनीतिक स्थिरता अपरिहार्य रहेको भन्दै त्यसका लागि पनि संविधा जारी गर्नुपर्नेमा जोड दिनुभयो । नेपालका लागि थाइल्याण्डका राजदूतसँग आज भएको भेटमा प्रधानमन्त्री कोइरालाले संविधान जारी भएपछि नेपालको विकास तीव्र गतिमा हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र थाइल्याण्डबीचको कुटनीतिक, सांस्क्ृतिक र आथिर्थ सम्बन्धबारे छलफल भएको थियो । भेटमा थाई राजदूतले थाइल्याडमा पनि यस बर्षको अन्त्यसम्म नयाँ संविधान आउने जानकारी गराउनुभएको थियो ।

Comments