नेपालको राष्ट्रियता र स्वाधीनताका लागि वीर नेपाली पूर्खाले अदम्य बहादुरी प्रदर्शन गरेको ठाउँको रुपमा इतिहासमा वर्णन गरिएको–नालापानीको । त्यसो त नालापानी युद्ध भएको शताव्दियौं भइसकेको छ । तर अझै पनि नालापानीको घाऊ उस्तै छ भनिन्छ,नेपालीको मनमा ।

यही कथामा आधारित ऐतिहासिक नाटक कथा नालापानीको अब मेलबर्नका दर्शकहरुले पनि हेर्न पाउँने भएका छन् । सोलाङ्चर इभेन्टको आयोजनामा आगमी मे ३ आइतवारको दिन कथा नालापानीको नाटक डर्विन आर्ट एण्ड इन्टटेन्मेन्ट सेन्टर,प्रिस्टनको हलमा मञ्चन हुनेछ ।

यसका लागि नेपालको प्रख्यात नाट्य समूह आरोहण गुरुकुलका कलाकारहरु यहाँ आउँदैछन् ।

Comments