नवलपरासी । नवलपरासीमा आज बिहान भएको बस दुर्घटनामा ३३ जना घाइते भएका छन् । कोल्हुवाबाट पोखराका लागि हिँडेको ना३ख ५२२७ नम्बरको बस जिल्लाको देवचुली नगरपालिका–१५ धौलागिरी चोकमा दुर्घटना भएको हो ।

बसको अगाडिको पाग्रां फुत्किँदा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा कुमारवर्ती–७ का ५० वर्षीय श्रीबल्लभ न्यौपाने रहेकोले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

Comments