स्वाइन फ्लुका कारण मृत्यु भएका एमाले नेता रामनाथ ढकालको पशुपति आर्यघाटमा आज दाहसंस्कार गरिएको छ ।

आर्यघाटमा अन्तिम संस्कार अगाडि उनको पार्थिव शरीरमा उपप्रधानमन्त्री बामदेव गौतमले नेपालको राष्ट्रिय झन्डा तथा एमाले अध्यक्ष केपी ओलीले पार्टीको झन्डा ओढाएका थिए । उनको सम्मानमा नेपाल प्रहरीको एक टुकडीले सम्मान गारद अर्पण गरेको थियो ।

यसअघि उनको पार्थिव शरीर श्रद्धान्जलीका लागि एमाले केन्द्रीय कार्यालय बल्खुमा राखिएको थियो । ढकालप्रति एमाले नेता–कार्यकर्ताका अतिरिक्त अरु पार्टीका नेता–कार्यकर्ता एवं सर्वसाधारणले पनि श्रद्धासुमन अर्पण गरेका थिए ।

ढकालको काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको थियो ।

Comments