व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितीले पर्यटन बोर्डको आर्थिक विवरणको विषयमा चासो देखाएको छ ।

समितीको आज बसेको बैठकले ट्रेकिङ क्षेत्रमा काम गर्दै आएको संस्था टानलाइ बोर्डले दिने रकमको लेखापरिक्षण गर्न निर्देशन दिएको हो । देउवाको बोली कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत माओवादी लगायत मधेशी मोर्चासँग सहमति नभए पनि संविधानसभामा शुरु प्रक्रिया नरोकिने बताउनुभएको छ । कैलालीमा आज आयोजित एक कार्यक्रममाउहाँले सहमतिका लागि सरकार अधिकतम लचकताका साथ प्रस्तुत हुने भन्दै वार्ताका नाममा प्रक्रिया नरोकिने बताउनुभएको हो ।

विपक्षीको आन्दोलनले संविधान प्रक्रिया अघि बढाउने कुरामा कुनै फरक नपार्ने देउवाको भनाइ छ । त्यस्तै नेता देउवाले डा.गोविन्द केसीले उठाएका मागको देशभरबाट समर्थन आएको उल्लेख गर्दै सरकारले उक्त माग पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।

Comments