यमनी राष्ट्रपति मन्सुर हादीले सिया हुथी विद्रोेहीको बढ्दो प्रभाव रोक्न आग्रह गरेसँगै साउदी अरबियाले विद्रोही विरुद्ध सैन्य कारवाही सुरु गरेको छ ।

अमेरिकाको लागि साउदी अरबियाका राजदुत अदेल अल जबेरले यमनको वैधानिक सरकारको रक्षाको लागि आफ्नो देशले सैन्य कारवाही थालेको पुष्टी गरेको विविसिले जनाएको छ । यमनमा राजधानी सानासहित अन्य सामरीक महत्वका शहरहरुमा हुथी विद्रोहीले पकड जमाएपछि सरकारले सहयोगको लागि खाडी राष्ट्रहरुसँग केही दिनअघि अपिल गरेको थियो ।

यसैबीच यमनका रक्षामन्त्रीलाई विद्रोहीले नियन्त्रणमा लिएको छ भने राष्ट्रपति मन्सुर आफू बसीरहेको स्थान छोडेर भागेका छन ।

Comments