साउथ अस्ट्रेलियाको एडीलेडमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) सम्बन्धि दुई दिने सिबिर सम्पन्न भएको छ। नेपाली हेल्प डेस्कको आयोजनामा भएको उक्त कार्यक्रममा एमआरपी फारमहरु संकलन गरिएको थियो ।

हाल परिवर्तित नियम अनुसार एमआरपी पासपोर्टको फारम भर्न समस्या र फोटो खिच्न अलि झन्झटिलो भएको र धेरै प्राबिधिक त्रुटी हुने हुनाले ति समस्यालार्इ ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको नेपाली हेल्प डेस्कमा संयोजक गोकुल घिमिरेले बताए। अन्तरास्ट्रिय नेपाली कलाकार समाज अस्ट्रेलिया , गैर आवाशीय नेपाली संघ साउथ अस्ट्रेलिया , बूमेरंग (BOOMERANG ) लगायत सस्थाहरुको सहयोगमा भएको उक्त कार्यक्रममा नेपाली राजदुताबास बाट काउन्सिलर / डेपुटी चिफ अफ मिसन राजेन्द्र पाण्डेले फारमहरु संकलन गरेका थिए । पाण्डेले अन्य स्टेटमा भन्दा एडीलेडमा कार्यक्रम ब्यबस्थित र अनुपातमा धेरै फारम संकलन भएको बताएका छन् ।

कार्यक्रम राजदुत रुद्र कुमार नेपाल , एन आर एन संयोजक रमेश जोशी , कन्सुलेट दिपक धमला दिपक बिष्ट ,आशिष वाग्ले लगायतले निरीक्षण गरेका थिए। अन्तर्राष्ट्रिय नागरिक उड्डयान संगठन (आईकाओ) को प्रावधान अनुसार २०१५ को नोभेम्बर २४ देखि हस्तलिखित राहदानीले मान्यता नपाउने भएपछि मेशीनले पढ्न मिल्ने नया“ राहदानी (एमआरपी) मा रुपान्तरण गर्नुपरेको हो ।

Comments