बलीउडकी नायीका क्याटरीना कैफ आज बिहानबाट सम्पर्कबिहिन भएकी छिन् ।

भारतीय समाचार संस्थाहरुका अनुसार क्याटरीना र उनको पीआर पर्सनलाई कयौ पटक सम्पर्क गर्ने कोसिस गरीपनि दुबैको मोबाईलमा सम्पर्क नभएको बताइएको छ । एक लिडिङ वेवसाईटमा प्रकासित समाचारका अनुसार क्याटरीना पछिल्लो केहि दिन यता गुगल म्यापमा महाराष्ट्रको आसपासमा कुनै यस्तो ठाउको बारेमा जानकारी लिने कोसिसमा थिईन । यद्यपी क्याटरीना कहा गएकी छिन् र अहिलेसम्म नफर्कनुको कारणबारे अनुसन्धान भईरहेको छ ।

जाच एजेन्सीले अनुसन्धान सुरु गरीसकेको छ । सेल ट्रेकरको मद्धतमा क्याटरीना रहेको स्थानको लोकेशन खोज्ने काम जारी छ । यसैबीच उनका फ्यान तथा शुभचिन्तकहरुले उनी सुरक्षित रहुन भन्ने कामना गरीरहेका छन् । सामाजिक सञ्जालमा यस विषयलाई लिएर विभिन्न अभिव्यक्तिहरुपनि आईरहेका छन् । केहिले उनको सुरक्षाको कामना गरीरहेका छन् भने केहिले यसलाई पब्लिसिटीको स्टंट भएको बताउदै उनको खिल्ली उडाउने क्रम जारी छ ।

Comments