एएफसी अण्डर–१६ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली आज सोमबार दक्षिण कोरिया जाँदै छन् ।

३५ दिनको बन्द प्रशिक्षण पश्चात नेपाली टोली बैदेशिक प्रशिक्षणमा जान लागेका हुन् । दुई हप्ता दक्षिण कोरियामा प्रशिक्षण लिँदै नेपाली टोली २१ तारिखमा नेपाल फर्कने एन्फाले जनाएको छ ।

विमल घर्ती मगरको कप्तानीमा रहेको नेपाली टोलीका प्रशिक्षकमा बाल गोपाल मर्हजन रहेका छन् । नेपाल फर्के लगत्तै नेपाली टोली प्रशिक्षणका लागि पुनः कतार र बेल्जियमका लागि प्रस्थान गर्नेछन् ।

सेप्टेम्बर ६ देखी २० सम्म थाईल्याण्डको राजधानी बैङककमा सुरु हुने प्रतियोगिताको समूह सिमा रहेको नेपाली टोलीले साबिक बिजेता उज्वेकिस्तान, उत्तर कोरिया र कुवेतसंग प्रतिस्पर्धा गर्नेछ ।

Comments