टर्कीको इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज आज ठुलो दुर्घटना हुनबाट जोगिएको छ ।

जिरो भिजीबिलिटीमा आपतकालीन अवतरण गर्दा जहाज रन वे छोडेर नेपाल आयल निगमको ट्यांकी नजिकै अडिएको छ । टर्कीको इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा आपतकालिन अवतरण गराइएको थियो ।  आपतकालिन अवतरणलगत्तै विमानको इमरजेन्सी ढोका खोलेर सबै यात्रुलाई बाहिर निकालिएको छ । विमान घाँसे मैदानमा आपतकालिन अवतरण गराइएपनि चालक दलका सदस्य र यात्रु सबै सुरक्षित छन् । रन वे छाडेर घाँसे मैदानमा जहाज आपतकालिन अवतरण गराइनुको कारण खुलिसकेको छैन ।

Comments