बलीउड एक्टर रणबीर कपुर मिडीयामा कुनै न कुनै विषयलाई लिएर चर्चामा आईरहन्छन् । चाहे दीपिकाको साथ भएको ब्रेकअपको विषय होस या कैटरीनासंग विवाहको विषयमा हास । विभिन्न कुरामा चर्चामा आईरहन्छन् ।

बलीउडका लव बर्डस रणबीर र कैटरीनालाई त कतिपटक सगंसगै देखिन्छ र आफ्नो आफयरलाई लिएर उनहिरु अक्सर चर्चामा नै रहन्छन् । तर यस पटक भने दीपिका र कैटरिनाको विषयलाई लिएर नभई आफ्नो बिन्दास बोलिका कारण उनी चर्चामा आएका छन् । भारतको एक अनलाईनसंगको कुराकानीमा रणवीरले आफ्नो विवाहको विषयमा निकै खुलेर कुरा गरेका छन् ।

रणबीर र कैटरिना लामो समयदेखि एक अर्कासंग डेटमा व्यस्त छन् । जब रणबीरसंग विवाहको विषयमा सोधिएको प्रश्नमा रणबीरले अहिलेसम्म यस वियामा कुनै निर्णय लिईनसकेको जवाफ दिए । उनले आफु ३२ वर्षको भएको भएपनि विवाहको लागि आफु बच्चै रहेको र परिपक्व भईनसकेको बताए । आफु र आफ्नो पार्टनरलाई सहज हुने वाताबरण नबनेसम्म र नबुझेसम्म विवाह नगर्ने बताए । एकअर्कालाई राम्रोसंग बुझेपछि मात्र विवाह गर्ने उनको भनाई थियो ।

Comments