प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले आज आफ्नो एक बर्षे उपलब्धी सार्वजनिक गर्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पत्रकार सम्मेलनमार्फत सरकारले आज एक बर्षको कामको प्रगती विवरण सार्वजनिक गर्न लागेको हो । आज अपराह्न साढे ३ बजे सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले सरकारको उपलब्धी सार्वजनिक गर्नुहुनेछ ।  दोस्रो संबिधानसभामा सबैभन्दा बढी मत ल्याएको कांग्रेसले दोस्रो दल एमालेसँग मिलेर अघिल्लो माघ २७ गते सरकार गठन गरेको थियोे ।

Comments