इजिप्ट सरकारले अल जजिरा टेलिभिजनका पत्रकार पिटर ग्रेस्टेलाई जेलमुक्त गरेको छ ।

अष्ट्रेलियाका पत्रकार ग्रेस्टे जेलमुक्त भएलगत्तै उनी साईप्रस प्रस्थान गरेको विविसिले जनाएको छ । आतंकवादी संगठन मुस्लिम ब्रदरहुडको समर्थन गरेको आरोपमा उनी सहित अन्य दुई जना पत्रकारहरु पनि सन २०१३ को डिेसेम्बरमा इजिप्टमा पक्राउ परेका थिए ।

तर जेलमै रहेका अन्य दुई पत्रकार मोहम्मद फादेल फाहमी र बाहेर मोहम्मदका बारेमा भने केही बताइएको छैन । उनीहरुमाथि लागेको आरोप अस्वीकार गर्दै आएका थिए ।

Comments