नेप्लिज एशोसियन अफ भिक्टोरियाले मेलबर्नमा भएका नेपाली समुदायमा जनचेताना अभिबृद्धि गर्ने उदेश्यले नयाँ कार्य योजना सार्वजनिक गरेको छ ।

न्याभले एक प्रेस विज्ञप्ती जारी गरी जनचेतना अभियानमा नयाँ लहरका साथ अघि बढ्न एक फोरम गठन गरेको जानकारी दिएको छ । पछिल्लो समय भिक्टोरियामा नेपाली समुदायले झेल्नु परेको समस्याहरुको पहिचान गरि ति समस्या समाधानमा तदारुकताका साथ कार्य गर्न र मुख्यत: बृद्धबृद्धालाई आईपर्ने समस्याबारे बृहत छलफल र आवश्यक कदम बारे नव गठित मंञ्चले सामाजिक छलफल गर्ने न्याभले जनाएको छ । न्याभले लामो समयदेखी अष्ट्रेलियामा भएका नेपाली समुदायको लागी हरेक उमेर समुह लक्षित कार्यक्रमहरु गर्दै आईरहेको छ ।

फोरममा विषयमाथी ज्ञान राख्नुहुने सम्बंधित बुद्धिजीविहरुको संलग्नता रहेको न्याभले जनाएको छ । जहाँ समुदायमा भएका समस्याको पहिचान गरि यो रोक्नका लागी के गर्न सकिन्छ भनी सम्भावनाको खोजी गर्ने काम फोरमले गर्नेछ । भिक्टोरियाका स्थानियले पनि फोरमको बृहत छलफलमा सहभागिता जनाउन सक्नेछन् । कोहि पिडित व्यक्तिहरु भएमा उनिहरुले फोरममा आई आफ्ना समस्याहरुका बारेमा बताउन सक्नेछन् । न्याभका अनुसार नवगठित मंञ्चमा बुलि जिरो अष्ट्रेलियाका सीईओ ओस्कार इल्दिज,सुप्रिम कोर्ट अफ भिक्टोरियाका वकिल अलेक्जेन्डर क्यालिक, मनोचिकित्सक सल्लाहकार डाक्टर अनुपम पोखरेल, र समुदायका ति मानिस जसले सामाजिक र्दुव्यवहार बिरुद्ध कदम उठाउन सफल भए उनिहरुको समेत संलग्नता रहनेछ । फोरमको नेतृत्व डाक्टर अनुपम पोखरेलले गर्नुहुनेछ ।

फोरमले घरेलु हिंसा, विद्यार्थीले तिर्नुपर्ने कर, बिमा शुल्क, फाइनान्स र नव प्रबासीहरुले झेल्नुपर्ने समस्याका बारे छलफल र समाधानको पहल थाल्नेछ । न्याभले भिक्टोरियाका नेपाली समुदायलाई आफ्ना जिज्ञासा र समस्या छन् भने फोरम मार्फत यि सामाजिक मुद्धाहरुलाई उजागर गर्न आव्हन समेत गरेको छ । साथै न्याभले त्यसप्रकारका कुनै मुद्धा भएमा [email protected][email protected] मा लेखी पठाउन अनुरोध गरेको छ । समुदायका हर एक नागरिकको सुचना र सचेतनाले नै समाजिक समस्या र र्दुव्यवहार बिरुद्ध लड्न साथ र सहयोग पुग्नेछ ।

Via:NNN

 

Comments