एकीकृत माओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गठवन्धनले संविधानका विवादित विषयमा काँग्रेस एमालेकै कारण सहमति जुट्न नसकेको ठहर गरेको छ ।

गठबन्धनको आज बिहान सिंहदरबारमा बसेको बैठकले कांग्रेस र एमाले सहमतिका लागि बाधक भएको ठहर गर्दै सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ । साथै गठबन्धनले संघर्षको कार्यक्रम तय गर्न ११ सदस्यीय संघर्ष समिति समेत बनाएको छ ।  समितिमा एकीकृत माओवादीका कृष्णबहादुर महरा, तमलोपाका ह्रदयेश त्रिपाठी, सदभावनाका लक्ष्मणलाल कर्ण, थरुहट तराईका गोपाल दहित, खम्बूवान राष्ट्रिय मोर्चाका आरके खम्बू लगायतका नेता रहेका छन् । समितिले भोलि नै गठबन्धनको बैठकमा संघर्षको खाका प्रस्तुत गर्ने छ ।

Comments