नेपाल विद्युत् प्राधिकरणले पुष २ देखि लागु हुनेगरि हप्तामा ७० घन्टा लोडसेडिङ गर्ने भएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको नयाँ कार्य तालिका अनुसार अब हप्तामा ७० घण्टा लोडसेडिङ हुने छ । यसअघि हप्तामा ५८ घण्टा बत्ति काटिँदै आएको थियो । अब दैनिक लोडसेडिङ साढे आठ घण्टाबाट १० घण्टा पुगेको छ । प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीका अनुसार बिद्युतको खपत बढेको, नदीमा पानीको बहाब घटेको र गएको बर्खामा पहिरोले अबरुद्ध भएको भोटेकोशी जलबिद्युत आयोजनाको पुनःनिर्माण ढिलाई भएकाले लोडसेडिङ बढाउनु परेको हो ।

Comments